12 Days Dalit Rights Campaign


12 Days Dalit Rights Campaign

बिषयः जानकारी गराईएको सम्बन्धमा 

उपरोक्त सम्बन्धमा राष्ट्रिय दलित नेटवर्क (RDN) नेपालको पहलमा नेपाल छुवाछुत मुक्त राष्ट्र घोषणा भएको १७ औं बर्षको सन्दर्भमा मिति २०८० जेष्ठ १० गतेदेखि २१ गतेसम्म १२ दिने दलित अधिकार अभियान (12 Days Dalit Rights Campaign) अन्तरगत निम्नानुसारका कार्यक्रमहरु आयोजना गरिने भएकोले उपस्थितीका लागि हार्दिक अनुरोध गरिन्छ ।

कार्यक्रमहरुः

  • पहिलो दिन ९२०८० जेष्ठ १० गते संस्थाका केन्द्रीय अध्यक्ष श्री गणेश बिश्वकर्मा ज्यूद्धारा प्रेश बिज्ञप्ती जारी, अभियानको जानकारीबारे दलित बस्तीमा मिडीया परिचालन
  • दोश्रो देखि पाँचौ दिन: २०८० जेष्ठ ११ देखि १४ गतेसम्म स्थानिय सरकारको नीति तथा कार्यक्रममा हरवाचरवा सवाल सम्बोधनका लागि मधेसप्रदेशका ८ जिल्लाका ३२ पालिकाका प्रमुखसंग भेटघाट र डेलीगेसनको फलोअप
  • छैठौ देखि आठौ दिन: २०८० जेष्ठ १५ देखि १७ गतेसम्म कैलाली जिल्लाको कैलारी गाऊँपालिका, घोडाघोडी र लम्की नगरपालिकामा निर्माणाधिन सुरक्षित आवाशको सरोकारवाला अनुगमन
  • नबौ दिन ९२०८० जेष्ठ १८ गते  छुवाछूत मुक्त राष्ट्र घोषणाका १७ बर्ष र कानुनको कार्यान्वयन बिषयक लहान र धनगढीमा प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम
  • दशौ दिन ९२०८० जेष्ठ १९ गते दलित भूमि अधिकार यूनियनद्धारा सुदूरपश्चिम प्रदेशका ९ वटा जिल्लाका जिल्ला भूमि आयोगमा ज्ञापनपत्र सहित डेलीगेशन
  • एघारौ दिन ९२०८० जेष्ठ २० गते स्दूरपश्चिम प्रदेश अस्पतालका बिरामीलाई फलफुल बितरण तथा धनगढी र काठमाण्डौ स्थित सरोकारवाला निकायलाई दलित अधिकार बर्ष पुस्तक २०२२ बितरण
  • १२ औ दिन ९२०८० जेष्ठ २१ गते दलित अधिकारको क्षेत्रमा कार्यरत बिभीन्न संघ, संस्थाहरुको समन्वयमा कार्यक्षेत्रका १८ वटा जिल्लाहरुमा जातीय छुवाछुत दिवश मनाउने

निरन्तर समन्वय, सहकार्य र सहयोगका लागि धन्यवाद ।