छुवाछूत बिनाको अर्को नेपाल संभव छ, आउनुहोस् निर्माण गरौं
नेपाली

परिकल्पना: विश्वव्यापी मान्यतामा आधारित जातीय छुवाछूत र विभेद रहित न्यायपूर्ण समाज 

 

ध्येय;  दलितहरुको पहिचान, प्रतिनिधित्व र पहँच सहितको अधिकार स्थापना गर्न मानवअधिकारमुखी आन्दोलनको स्रोत केन्द्रका रुपमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने 

 

लक्ष्य: जातीय छुवाछूत र विभेदको समूल अन्त्य गरी राजनैतिक, आर्थिक र सामाजिक÷सांस्कृतिक अधिकार कायम  गर्न निर्णय तहमा प्रभाव पार्नु 

 

उद्देश्यहरु:

  • दलितहरुको पहिचान, प्रतिनीधित्व र पहुँच सहित राजनीतिक, आर्थिक र सामाजिक अधिकारहरु स्थापित गर्नु
  • समावेशी र समृद्ध दलितमैत्री राष्ट्र निर्माणको लागि दलितअधिकार दशक घोषणा गरी सूचकहरु सहित जिविकोपार्जन सहित योजनाबद्ध योजना निर्माणमा जोड दिनु
  • नयाँ संविधान अनुसार दलितअधिकार संरचनाहरुलाई उत्तरदायी, पारदर्शी, जवाफदेही बनाउन भूमिका निर्वाह गर्नु
  • आवधिक वैज्ञानिक आरक्षणका लागि राज्यका सार्वजनिक सेवाका क्षेत्रहरुको लोकतान्त्रिककरणका लागि सहजीकरणका लागि राष्ट्रव्यापी अभियान सञ्चालन गर्नु
  • दलितअधिकारको व्यवहारिक कार्यान्वयनका लागि स्थानीय, राष्ट्रिय र अन्तराष्ट्रिय तहमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्नु