छुवाछूत बिनाको अर्को नेपाल संभव छ, आउनुहोस् निर्माण गरौं
नेपाली

जातीय छुवाछुत र भेदभाव अन्त्यका लागि सचेतना कार्यक्रम

परियोजना अवलोकन


कार्यकारी सारांश

राष्ट्रिय दलित नेटवर्क (RDN) नेपालद्धारा राज्य सवलीकरण कार्यक्रम (ESP)को आर्थिक सहयोगमा “छुवाछुत र जातीय भेदभाव अन्त्यका लागि सचेचना कार्यक्रम”सञ्चालन भएको थियो । परियोजना राष्ट्रिय दलित आयोग, दलित गैरसरकारी संस्था महासंघ र अन्य स्थानीय साझेदारहरूको समन्वयमा सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर, डोटी र आछाम जिल्लामा १ जुलाई, २०१३ देखि ३१ डिसेम्बर, २०१३ सम्मको अवधिमा कार्यान्वयन गरिएको थियो । परियोजनाले सरकारी निकाय कानुन मन्त्रालय, राष्ट्रिय दलित आयोग, प्रधानमन्त्रीको कार्यालय, नेपाल प्रहरी, न्यायिक प्रणालीका साथै प्रमुख नागरिक समाजका सरोकारवालाहरूलाई लक्षित गरेको थियो । छुवाछुत र जातीय विभेदको प्रचलनलाई नेपालमा असमान सामाजिक–आर्थिक विकास र विभिन्न समूहबीचको असमानताको प्रमुख बाधकका रूपमा लिइएको छ । आर्थिक र राजनीतिक रूपमा शक्तिशाली दलितहरू पनि यस भेदभावको मारमा परेका छन्। देशको कुल जनसंख्याको झण्डै एक चौथाई भाग प्रत्यक्ष रूपमा जातीय भेदभाव र छुवाछुतको चपेटामा परेका छन्। यसबाहेक दलित समुदायभित्र पनि विभेदको चलन छ । यसै तथ्यलाई मध्यनजर गर्दै परियोजना सञ्चालन गरिएको थियो ।

प्रभाव: जातीय भेदभाव र छुवाछुत उन्मूलनमा योगदान गर्ने

नतिजाः सरकार र नागरिक समाज बीचको रचनात्मक संलग्नता मार्फत जातीय छुवाछूत बिभेदको न्यूनिकरणका लागि तयार गरिएको पहिलो दस वर्षे रणनीतिक योजनाको कार्यान्वयन गर्ने

प्रतिफलहरुः

प्रतिफल १: दलित समुदायमाथी हुने छुवाछुत र विभेदपुर्ण ब्यवहारहरुका सवालहरु न्यूनिकरण गर्दै गर्दै विभेदरहीत ब्यवहार स्थापना गर्न स्थानिय स्तरका पहलहरु बृद्धी हुनेछन ।

प्रतिफल २: दलित संघ, संस्था तथा संगठनहरुको संस्थागत क्षमता अभिवृद्धिसँगै तिनीहरूको सुशासन प्रबद्र्धन भएको हुनेछ ।

मुख्य क्रियाकलापहरु:

प्रतिफल १ अन्तरगतका क्रियाकलापहरुः

  • जातीय छुवाछूत र बिभेदरिहत समाजका लागि अभियान
  • दलित सतर्कता केन्द्र स्थापना र विस्तार गर्ने
  • दलित सतर्कता केन्द्रका सदस्यहरूलाई कानुनी अधिकारसम्बन्धी तालिम
  • CDO, DDC, प्रहरी कार्यालय, दलित नेता, वकिल, शिक्षक, धार्मिक नेता र राजनीतिक नेताहरूलाई जातीय भेदभाव र समावेशीकरण सम्बन्धी कार्यशाला
  • CDO, DDC, VDC, प्रहरी, सेवा प्रदायक र गाविस नेताहरूसँग अन्तरक्रियात्मक 
  • पीडितहरूसँग जातीय भेदभाव सम्बन्धी गोष्ठी

प्रतिफल २ अन्तरगतका क्रियाकलापहरुः

  • स्थानीय साझेदारहरूको भूमिका र जिम्मेवारीहरू स्कोपिङ
  • दलित सतर्कता केन्द्र स्थापनाका लागि आधारभूत सञ्चालन निर्देशन तयार गर्ने
  • छुवाछुत उन्मूलनका लागि विस्तृत वकालत कार्यान्वयन योजना र रणनीति तयार गरि  वकालत गर्ने
  • प्रशिक्षण, कार्यशाला र बैठक
  • कानूनी सहयोग

 

परियोजना विवरण

  • परियोजनाको शीर्षक : जातीय छुवाछुत र भेदभाव अन्त्यका लागि सचेतना कार्यक्रम
  • लक्षित समुह : प्राथमिक लक्षित समूह: सरकारी निकायहरू कानून मन्त्रालय, राष्ट्रिय दलित आयोग, प्रधानमन्त्रीको कार्यालय, नेपाल प्रहरी, न्याय प्रणालीका साथै प्रमुख नागरिक समाजका सरोकारवालाहरू र द्धितीय लक्षित समुहः DNF, स्थानीय स्तरका दलित एनजीओहरू, र सरकारी निकायहरू लगायत उपेक्षित, उत्पीडित, र दलित विकास समिति (UUDDC) र NDC, आम जनता (दलित र गैर-दलित) लगायत छुवाछुत पीडितहरू
  • कार्यक्षेत्र : सुदूरपश्चिम प्रदेशका ४ जिल्ला (कैलाली, कञ्चनपुर, डोटी र आछाम)
  • साँझेदार संस्था : राज्य सवलीकरण कार्यक्रम (ESP)
  • स्विकृत बजेट : NPR 4,668,240
  • परियोजना अवधि : १ जुलाई, २०१३ देखि ३१ डिसेम्बर, २०१३
  • स्थिति: Completed

परियोजना कागजातहरू

परियोजना ग्यालेरी