छुवाछूत बिनाको अर्को नेपाल संभव छ, आउनुहोस् निर्माण गरौं
नेपाली

आवाज परियोजना

परियोजना अवलोकन


कार्यकारी सारांश

मानव अधिकार र मर्यादाको लागि सामूहिक आवाज परियोजना NNDSWO को अगुवाईमा रहेको समता फाउन्डेसन, RDN नेपाल, जागरण मिडीया सेन्टर र मधेसी दलित महासंघ (MDDF) को पाँच संस्थाहरूको संयोजन मार्फत कार्यान्वयन गर्न डिजाइन गरिएको हो। यो आयोजना पाँच जिल्ला: सुनसरी, सप्तरी, बारा, दैलेख र कैलालीमा र राष्ट्रिय स्तरमा ३० महीनासम्म लागू हुनेछ । यस परियोजनाले विशेष गरी जातीय भेदभाव र छुवाछुत (CBD&U) र त्यसको परिणामस्वरूप बहिष्करणको मुख्य समस्यालाई सम्बोधन गर्ने लक्ष्य राखेको छ जुन नेपालमा मानवअधिकार र विकासको समस्या हो। लक्षित समुहहरुमा मानव अधिकार सम्बन्धी ज्ञानको कमी, कानूनको गैरकार्यान्वयन, मानव अधिकारका मापदण्ड र नीतिहरूको कम पहुँचयोग्य सुरक्षा संयन्त्र र विभिन्न निकायहरुको कमजोर स्वामित्व र तिनीहरू बीचको सहयोग र राज्य सेवा र दायित्व प्रदान गर्न जिम्मेवार निकायहरु पूर्ण रूपमा सचेत छैनन् वा संस्थागत कार्यहरूको अभाव छ । यसै सन्दर्भलाई ध्यानमा राखेर यो परियोजना सञ्चालन गरिएको हो ।

प्रभावः समाजमा दलित र बहिष्करणमा पारिएका समूहहरूले मानवअधिकार र सामाजिक न्याय मार्फत विकासमा पहुँचको साथ दैनिक जीवनमा सम्मान र मर्यादाको अनुभुती पाएका हुनेछन ।

नतिजाः नेपालका सान्दर्भिक मानवअधिकार कानून, मापदण्ड र प्रतिबद्धता बमोजिम दलित र बहिष्कृत समूहको अधिकारको प्रवर्द्धन र संरक्षणका लागि अधिकारवालाको बढ्दो माग र सरोकारवालाहरूसँग ऐक्यबद्धतामा बृद्धी भएको हुनेछ ।

प्रतिफहरुः

प्रतिफल १:  कायक्षेत्रका आम समुदयहरुलाई गैरभेदभाव र मानवअधिकार संरक्षण संयन्त्रसँग सम्बन्धित कानून र नीतिहरूको सम्बन्धमा आलोचनात्मक बुझाई कायम भएको हुनेछ ।

प्रतिफल २: जातीय भेदभाव र छुवाछुत प्रथाहरू विरुद्ध लड्न र सबै परिस्थितिमा सबैका लागि मानव अधिकारको प्रवर्द्धन गर्न दलित र गैर(दलित समुदाय र संगठनहरूद्वारा सामूहिक आवाज र कार्यहरूमा बृद्धी भएको हुनेछ ।

प्रतिफल ३: दलित नागरिक समाज संस्थाहरु,  सेवा प्रदान गर्ने एजेन्सीहरू विशेष गरी गाविस र मानव संसाधन संगठनहरू विभिन्न स्तरमा मानव अधिकारको सिद्धान्तलाई आफ्नो कार्यहरूमा लागू गर्नेछन ।

मुख्य क्रियाकलापहरुः

प्रतिफल १ अन्तरका मुख्य क्रियाकलापहरुः

  • मानव अधिकार  एक्टीभिष्टको निर्माण र परिचालन
  • श्रव्य दृश्य सहित IEC सामग्री संग  मानव अधिकार शिक्षा अभियान
  •  सरकारी नीतिको समीक्षा र पृष्ठपोषण
  • स्थानीय परामर्श मार्फत CERD मा छाया प्रतिबेदन
  • मिडिया साँझेदारी र परिचालन

प्रतिफल २ अन्तरका मुख्य क्रियाकलापहरुः

  • एलायन्सको गठन, पुर्नगठन र परिचालन
  • ऐक्यबद्धता संवादहरु
  • मानव अधिकार मैत्री नमूना गाविस अभियान
  • ऐक्यबद्धता मार्च
  • जातीय छुवाछूत र बिभेद (कसुर र सजाय ऐन) को कार्यान्वयनको स्थितिमा अध्ययन र संवाद
  • घटना अनुगमन,
  • फयाक्ट फाईन्डीङ्ग
  • मिडिया मार्फत सञ्चार संवाद र प्रेरक सन्देश प्रशारण गर्ने
  • जातीय भेदभाव अन्त्य गर्न असल अभ्यासहरू सम्बन्धी कार्यशाला गोष्ठी

प्रतिफल ३ अन्तरका मुख्य क्रियाकलापहरुः

  • HRBA र GESI सम्बन्धी क्षमता अभिबृद्धी
  • मानव अधिकार बिकास अवधारणा सवलीकरण कार्यशाला गोष्ठी
  • बजेट जनवकालत अभियान
  • दलित समावेशीकरण लेखाजोखा
  • सार्वजनिक सुनुवाइ
  • विपद् पुर्नलाभमा समानता र गैरभेदभावको लागि जनवकालत र लबी
  • नयाँ संविधानमा दलित अधिकार कार्यान्वयनका लागि बहस र लबिङ

परियोजना विवरण

  • परियोजनाको शीर्षक : आवाज परियोजना
  • लक्षित समुह : यस परियोजनाले मुख्यतया जातीय छुवाछूत र बिभेदबाट सबैभन्दा बढी प्रभावित र आर्थिक र सामाजिक अधिकारबाट अत्यन्तै वञ्चित दलित (पुरुष र महिला) लाई लक्षित गर्नेछ ।
  • कार्यक्षेत्र : कैलाली जिल्लाका ७ गाविस (हसुलिया, गोदावरी, मसुरिया, चौमाला, सहजपुर, उदासीपुर र पहलवानपुर)
  • साँझेदार संस्था : गभरनेन्स फेसलिटी
  • स्विकृत बजेट : NPR 10,022,777
  • परियोजना अवधि : १ डिसेम्बर, २०१५ देखि ३१ मे, २०१८
  • स्थिति: Completed

परियोजना ग्यालेरी