छुवाछूत बिनाको अर्को नेपाल संभव छ, आउनुहोस् निर्माण गरौं
नेपाली

न्यायमा पहुँच परियोजना

परियोजना अवलोकन


कार्यकारी सारांश

राष्ट्रिय दलित नेटवर्क (RDN) नेपालले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (UNDP)/A2J को आर्थिक सहयोगमा “कानुनी सचेतनाको माध्यमद्धारा महिला र संकटमा परेका सिमान्तकृत समुदायको लागि न्यायमा पहुँच कार्यक्रम” सञ्चालन गरेको थियो । संवैधानिक, कानुनी र संस्थागत प्रावधानहरूका बारेमा पछाडी पारिएका जनतामा व्यापक चेतना जगाएर महिला र जोखिममा परेका समूहहरूका लागि समावेशीता र न्याय र मानव अधिकारमा समान पहुँचको प्रवर्द्धन गर्न वातावरण सक्षम बनाउन योगदान पुर्याउने उद्देश्यले यो परियोजना कार्यान्वयन गरिएको हो । महिला, दलित र अन्य जोखिममा परेकारसीमान्तकृत समूहहरूलाई लक्षित गर्दै समावेशी फाउन्डेसन (SF) सँगको समन्वयमा ५ अप्रिल, २०२० देखि २० डिसेम्बर, २०२० सम्मका लागि यो परियोजना लागू गरिएको थियो। सुदूरपश्चिम प्रदेशका चार जिल्ला (बझाङ, डडेल्धुरा, बैतडी र कैलाली) मा परियोजना कार्यान्वयन गरिएको थियो । नेपालको संविधानले धारा ३८ मा महिला, धारा ४० मा दलित र धारा ४२ मा अन्य सीमान्तकृत तथा जोखिममा परेका समूहलाई समानताको हक लगायतका मौलिक हक र कर्तव्यको परिच्छेद अन्तर्गत संरक्षण गरेको छ । संबैधानिक प्रावधानमा न्याय, छुवाछुत तथा भेदभाव विरुद्धको हक, धार्मिक स्वतन्त्रताको हक, शोषण विरुद्धको हक, सामाजिक सुरक्षाको हक र संवैधानिक उपचारको हकको प्रत्याभूति गरेको छ । यद्यपि, कर्तव्य वाहकहरूको प्रतिबद्धताको कमी र विशेष गरी सुदूरपश्चिम प्रदेशका बिभीन्न ठाऊँमा बसोबास गर्ने महिला र जोखिममा परेका समूहहरूमा सचेतनाको कमीका कारण संबैधानिक प्रावधानहरु कायाृन्वयन हुन सकिरहेका छैनन । यी विधायिका प्रावधानहरूको प्रभावकारी कार्यान्वयनको लागि, लक्षित समुहलाई पर्याप्त रूपमा सूचित र सशक्त बाउन धेरै महत्त्वपूर्ण छ । यस पृष्ठभूमिमा, प्रस्तावित कार्यक्रमको उद्देश्य लक्षित समूहहरूलाई मानक ढाँचाहरू र यसको कार्यान्वयन प्रक्रियाहरूर संयन्त्रहरू बारे चेतना अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ।

लक्ष्यः संवैधानिक, कानुनी र संस्थागत प्रावधानहरूका बारेमा पछाडी पारिएका जनतामा व्यापक चेतना जगाएर महिला र जोखिममा परेका समूहहरूका लागि समावेशीता र न्याय र मानव अधिकारमा समान पहुँचको प्रवर्द्धन गर्न वातावरण सक्षम बनाउन योगदान पुर्‍याउने

 उद्देश्यहरुः

उद्देश्य १: महिला र सिमान्तकृत समुदायहरुलाई उनीहरुका संबैधानिक र कानुनी प्रावधानबारे जनचेतना फैलाउने

उद्देश्य २: महिला र सिमान्तकृत समुदायका संबैधानिक र कानुनी प्रावधानबारे न्यायिक समिति र स्थानिय जननिर्वाचित प्रतिनिधीहरुको क्षमता अभिबृद्धी गर्ने

उद्देश्य ३: महिला र सिमान्तकृत समुदायको संबैधानिक र कानुनी प्रावधानहरुको प्रभावकारी कार्यान्वयनका लागि न्यायिक समितिको भूमिकालाई जवाफदेही बनाउने

 प्रतिफलहरुः

  • प्रमुख संवैधानिक व्यवस्था, मौलिक हक, मौलिक हक सम्बन्धी कानुन, मुलुकी मुलुकी संहिता तथा फौजदारी संहिता, स्थानीय शासन सञ्चालन ऐन र स्थानीय न्यायिक समिति, महिला तथा जोखिममा परेका समुह सम्बन्धी विशेष कानुन सम्बन्धी ज्ञान उत्पादनको विकास र व्यापक प्रचारप्रसार गरिनेछ ।
  • नयाँ मानक ढाँचा, अधिकारसम्बन्धी संस्थागत संयन्त्र र न्यायिक समितिको कार्यादेश सम्बन्धी ३ रेडियो PSAs उत्पादन गरी स्थानीय सामुदायिक रेडियो मार्फत व्यापक रूपमा प्रसारित गरिनेछ।
  • संवैधानिक हक, कानुनी व्यवस्था, न्यायिक समिति संयन्त्र, कानूनी सहायता, नयाँ मुलुकी संहिता र फौजदारी संहिता सम्बन्धी न्यूनतम १० समाचार/लेख राष्ट्रिय तथा स्थानीय दैनिक पत्रपत्रिका/अनलाइनमा प्रकाशित गरिनेछ जसले कानुनी चेतनाको लागि काम गर्नेछ ।
  • सूचना पुस्तिका, पुस्तिकाको विकास र प्रसार गरिनेछ।संवैधानिक अधिकार, न्यायिक समिति र नयाँ जारी गरिएका संहिताका सम्बन्धमा कानुनी व्यवस्था र न्यायमा पहुँचका लागि जनचेतना अभिवृद्धि गर्ने विषयमा अन्तरसमुदाय संवादमा परामर्श लिइनेछ । 
  • लक्षित जिल्लाका एक सय महिला वडा सदस्य, न्यायिक समितिका अध्यक्ष तथा सदस्यहरूलाई संवैधानिक संरचना, देवानी तथा फौजदारी संहिता, कानूनी सहायता अन्य विधायिकी संरचना, GESI सम्बन्धी नीतिगत संरचना र भेदभाव तथा छुवाछुत विरुद्धको कानूनमा केन्द्रित गरिनेछ ।
  • महिला तथा जोखिममा परेका समूहसम्बन्धी कानूनको प्रभावकारी कार्यान्वयनका लागि जिल्लास्तरमा बहुपक्षीय परामर्श सञ्चालन गरिनेछ । 

मुख्य क्रियाकलापहरुः

क्रियाकलाप १: महिला र सिमान्तकृत समुदायको संबैधानिक अधिकार सम्बन्धी सूचना शिक्षा सामाग्री निर्माण तथा बितरण

क्रियाकलाप २: महिला, दलित र बालवालिकाको संबैधानिक अधिकार र जातीय छुवाछूत तथा बिभेद (कसुर र सजाय ऐन २०६८) का प्रावधान सम्बन्धीको फिलीप चार्ज निर्माण तथा बितरण

क्रियाकलाप ३: महिला, दलित र बालवालिकाको संबैधानिक अधिकार र जातीय छुवाछूत तथा बिभेद (कसुर र सजाय ऐन २०६८) का प्रावधान सम्बन्धी पिएसए निर्माण

क्रियाकलाप ४:  पिएसएलाई स्थानिय एफ.एम. रेडियोबाट प्रशारण

क्रियाकलाप ५: मिडीया फेलोसिपका लागि अवधारणा पत्र निर्माण तथा सूचना प्रकासन

क्रियाकलाप ६:  मिडीया फेलोसिपका लागि सहयोग

क्रियाकलाप ७:  संबैधानिक र कानुन प्रावधान तथा बैकल्पीक न्यायमा पहुँच संयन्त्रबारे वडा स्तरिय कार्यशाला गोष्ठी तथा अन्तरसंवाद

क्रियाकलाप ८:  महिला र सिमान्तकृत समुदायको अधिकार समबन्धी निर्माण भएका सूचना शिक्षा सामाग्रीहरुको फेसबुक र मोवाईल एसएमएसबाट प्रशारण

क्रियाकलाप ९:  महिला र सिमान्तकृत समुदायको अधिकार सम्बन्धी जिल्ला स्तरिय सरोकारवाला निकायसंग अनलाईन वेवीनार बैठक

क्रियाकलाप १०:  न्यायिक समिति, वडा अध्यक्ष र नागरिक समाजका लागि महिला र सिमान्तकृत समुदायको संबैधानिक अधिकार सम्बन्धी अन्तरक्रिया तथा अभिमुखिकरण

क्रियाकलाप ११:  लैंगिक समानता र सामाजिक समावेशीकरण (जेसी) निति निर्माण तथा परिमार्जनका लागि स्थानिय सरकारलाई सहयोग

क्रियाकलाप १२: प्रदेश सरकारको कानुनी प्रावधानहरुको समिक्षा तथा पृष्ठपोषण

क्रियाकलाप १३: प्रदेश सरकारको महिला र दलितमैत्री नितिका लागि जनवकालत

परियोजना विवरण

  • परियोजनाको शीर्षक : न्यायमा पहुँच परियोजना
  • लक्षित समुह : महिला, दलित र अन्य जोखिममा परेकारसीमान्तकृत समूह
  • कार्यक्षेत्र : सुदूरपश्चिम प्रदेशका चार जिल्ला (बझाङ, डडेल्धुरा, बैतडी र कैलाली)
  • साँझेदार संस्था : संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (UNDP)/A2J
  • स्विकृत बजेट : NPR 3,237,581
  • परियोजना अवधि : ५ अप्रिल, २०२० देखि २० डिसेम्बर, २०२०
  • स्थिति: Completed

परियोजना ग्यालेरी