छुवाछूत बिनाको अर्को नेपाल संभव छ, आउनुहोस् निर्माण गरौं
नेपाली

भूमि अधिकार अभियान

परियोजना अवलोकन


कार्यकारी सारांश

राष्ट्रिय दलित नेटवर्क (RDN) नेपालद्धारा सञ्चालन गरिएको भूमि अधिकार अभियान को मुख्य उद्देश्य भूमिहीन दलितहरूको भूमि अधिकारमा पहुँच बढाएर उनीहरूको सामाजिक आर्थिक स्थिति प्रवर्द्धनमा योगदान पुर्याीउने उद्देश्यले तयार गरिएको हो। यो परियोजना नेपालको सुदूरपश्चिम प्रदेशका ९ जिल्लाका १८ नगरपालिका (प्रत्येक जिल्लाको–१ गाउँपालिका र १ नगरपालिका) मा कार्यान्वयन गरिनेछ । ओपन सोसाइटी फाउन्डेसनको आर्थिक सहयोगमा परियोजनाको अवधि १ अगस्ट २०२१ देखि ३१ जुलाई २०२३ सम्म हुनेछ । परियोजनाको औचियत्ताः नयाँ संविधानको धारा ४० को (५) र (६) ले भूमिहीन दलित समुदायलाई जग्गा दिने व्यवस्था गरेको छ भने मानवअधिकारको विश्वव्यापी घोषणापत्र (UDHR) ले आवास अधिकारलाई मौलिक मानवअधिकारका रूपमा औँल्याएको छ । र संवैधानिक व्यवस्था भए पनि संविधान जारी भएको ५ वर्ष बितिसक्दा पनि कार्यान्वयन हुन सकेको छैन, यसका साथै नेपाल सरकारले दलित समुदायलाई प्राथमिकतामा राखेर आफ्नो भूमि नीति (आठौं परिमार्जन) परिमार्जन गरेको छ । राजनीतिक दल र कर्तव्य वाहकहरूसँग भूमि नीतिलाई व्यवहारमा लागू गर्ने इच्छाशक्ति छैन र उनीहरूसँग उचित अनुगमन संयन्त्र पनि छैन। लामो समयदेखि भेदभावमा परेका दलित समुदायहरू आफ्नो अधिकार र दाबी गर्ने प्रक्रिया र संयन्त्रबारे कम जानकार छन् ।

लक्ष्यः भूमिहीन दलितहरूको भूमि अधिकारमा पहुँच बढाएर उनीहरूको सामाजिक आर्थिक स्थिति प्रवर्द्धनमा योगदान पुर्‍याउने

उद्देश्यहरुः

  •  भुमिहिन दलितको भूमि अधिकारका लागि लक्षित समुदायलाई संगठित र परिचालन गर्ने
  • भूमि अधिकारमा दलितको पहुँच बढाउन सरकारी निकाय र भूमि आयोगसँगको सहकार्य गर्ने
  • प्रमाण र ज्ञानमा आधारित जनवकालत सञ्चालन गर्न व्यवस्थित रूपमा आफ्नो अधिकार र हकको लागि दावी गर्ने

प्रतिफलहरु:

  • भूमि अधिकारमा आधारित जनसंगठनहरुलाई सामूहिक जनवकालत अभियानका लागि क्रियाशील बनाइनेछ
  • नीतिगत जनवकालत अभियानमार्फत दलितहरूको भूमि अधिकारका मुद्दाहरूप्रति नीति निर्माता र कर्तव्य वाहकहरूलाई सचेत बनाईनेछ
  • भूमि अधिकारमा दलितको पहुँच बढेको छ
  • जग्गाको हकसम्बन्धी कानुनी र संवैधानिक व्यवस्थाको आधारमा जनवकालत मार्फत प्रणालीगत रुपले दाबी गरिनेछ ।

मुख्य क्रियाकलापहरुः

  • जनतामा आधारित संस्थाको गठन र सुदृढीकरण
  • संगठन परिचालनकर्ताहरूको विकास र परिचालन
  • घरदैलो अभियान
  • भूमि अधिकार यात्रा
  • स्थानीय र प्रादेशिक स्तरमा वकालत
  • सार्वजनिक सुनुवाइ गर्ने
  • मिडिया साझेदारी अभियान
  • प्रदेश स्तरमा भूमि अधिकार नीति कार्यशाला आयोजना गर्ने
  •  संगठन परिचालनकर्ता र भूमि अधिकारकर्मीहरुलाई एक्टीभिजम तालिम
  • दलित समाज विकास मञ्चसँगको सहकार्य

परियोजना विवरण

  • परियोजनाको शीर्षक : भूमि अधिकार अभियान
  • लक्षित समुह : भूमिहीन दलितहरू
  • कार्यक्षेत्र : सुदूरपश्चिम प्रदेशका ९ जिल्लाका १८ नगरपालिका (प्रत्येक जिल्लाको–१ गाउँपालिका र १ नगरपालिका)
  • साँझेदार संस्था : ओपन सोसाइटी फाउन्डेसन
  • स्विकृत बजेट : NPR 5,478,395 (USD 39,666)
  • परियोजना अवधि : १ अगस्त, २०२१ देखि ३१ जुलाई, २०२३
  • स्थिति: Completed

परियोजना कागजातहरू

परियोजना ग्यालेरी