छुवाछूत बिनाको अर्को नेपाल संभव छ, आउनुहोस् निर्माण गरौं
नेपाली

सुरक्षित आवास परियोजना

परियोजना अवलोकन


कार्यकारी सारांश

ह्याबिट्याट फर ह्युम्यानिटी इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा राष्ट्रिय दलित नेटवर्क नेपालद्धारा सन १ मे, २०२२ देखि ३० जुन, २०२३ सम्म कैलाली जिल्लामा सुरक्षित आवास परियोजना कैलाली सञ्चालन भईरहेको छ । यस मुख्य उद्देश्य भूमिहीन, दलित, मुक्त कमैया, हलिया, बादी समुदाय, बाढी प्रभावित र अन्य जोखिममा परेका परिवारलाई सुरक्षित आवासको माध्यमबाट उनीहरुको मर्यादित जीवनलाई सुनीश्चित गर्नु रहेको छ। परियोजना अन्तरगत भूमि आयोगसंगको समन्वयमा संयुक्त लालपुर्जा बितरणका प्रकृयामा स्थानीय सरकारलाई सहयोग पनि समावेश छ। यसका साथै सरसफाई सचेतना, प्रकोय जोखीम न्यूनिकरण, सामुदायिक सवलीकरण र युवा परिचालनका लागि पनि गतिविधिहरू सञ्चालन भइरहेका छन्। परियोजनाको औचित्यः संघीय सरकार भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयद्धारा गठित मुक्त हलिया, कमैया, कमलरी र हरवाचरवा बस्तुस्थिती अध्ययन समितिको प्रतिबेदनले मुक्त हलिया, कमैया, कमलरी र हरवाचरवाको सुरक्षित आवासका लागि तनै तहका सरकार (स्थानीय, प्रदेश र संघीय) ले तत्काल पहल गर्नुपर्ने सुझाव सिफारिश गरेको छ ।नेपालको संविधान धारा ४० को (५) र (६) ले भूमिहीन दलित समुदायलाई जग्गा दिने व्यवस्था गरेको छ भने मानवअधिकारको विश्वव्यापी घोषणापत्र (UDHR) ले आवासको अधिकारलाई मौलिक मानवअधिकारका रूपमा औँल्याएको छ । कृषि मजदुरहरुः मुक्त हलिया, कमैया, बादी समुदाय र अन्य सीमान्तकृत र जोखिममा परेका समूहहरूलाई आवास सहयोगको आवश्यकता रहेको देखिएको छ । साथै मुक्त हलिया, कमैया, बादी समुदाय र अन्य सीमान्तकृत र जोखिममा परेका समूहहरू अझैसम्म पनि सार्वजनिक/सरकारी स्वामित्वको जग्गामा झुपडीको घर सहित गरिबीको जीवन बिताउन बाध्य छन्।

लक्ष्यः भूमिहीन, दलित, मुक्त कमैया, हलिया, बादी समुदाय, बाढी प्रभावित र अन्य जोखिममा परेका परिवारलाई सुरक्षित आवासको माध्यमबाट उनीहरुको मर्यादित जीवनलाई सुनीश्चित गर्नु

उद्देश्यः  समाजमा पछाडी पारिएका अति बिपन्न समुदायहरुः दलित, मुक्त कमैया, हलिया लगायत अन्य सिमान्तकृत समुदायको भूमि तथा आवाशको अधिकार सुनिश्चित गर्ने

मुख्य क्रियाकलापहरुः

  • आधारभूत सर्वेक्षण
  • योजना निर्माण तथा परियोजना शुरुवादी बैठक
  • उपभोक्ता समिति गठन, अभिमुखीकरण र परिचालन
  • स्थानिय र प्रदेश सरकारसंग समन्वय र सहकार्य
  • लक्षित समुदायलाई संयूक्त लालपुर्जा बितरणमा सहयोग
  • नयाँ घर निर्माण
  • ब्लक निर्माण गर्ने तालिम
  • सुरक्षा गियर र उपकरण (मेसिन, सेनिटाइजर र मास्क) सहयोग
  • बिपद जोखिम न्यूनिकरण सम्बन्धी समुदाय र सरोकारवाला निकायको क्षमता अभिबृद्धी

परियोजना विवरण

  • परियोजनाको शीर्षक : सुरक्षित आवास परियोजना
  • लक्षित समुह : भूमिहीन, दलित, कृषि बधुवा मजदुरहरुः मुक्त हलिया र कमैयाहरू, बाढी प्रभावित र जोखिममा परेका परिवारहरू
  • कार्यक्षेत्र : कैलाली र कञ्चनपुर
  • साँझेदार संस्था : ह्याबिट्याट फर ह्युम्यानिटी इन्टरनेशनल नेपाल
  • स्विकृत बजेट : NPR 32,918,138
  • परियोजना अवधि : १ मे, २०२२ देखि ३० जुन, २०२4
  • स्थिति: Running

परियोजना ग्यालेरी