छुवाछूत बिनाको अर्को नेपाल संभव छ, आउनुहोस् निर्माण गरौं
नेपाली

दलित अधिकार अभियान

परियोजना अवलोकन


कार्यकारी सारांश

राष्ट्रिय दलित नेटवर्क (RDN) नेपालले एक्सन एड इन्टरनेशनल नेपाल (AAIN) को आर्थिक सहयोगमा दलित अधिकार अभियान (DRC) सञ्चालन गरेको थियो । यो अभियान सुदूरपश्चिम प्रदेशका ९ जिल्लाहरुः कैलाली, कञ्चनपुर, दार्चुला, बैतडी, बझाङ, डडेल्धुरा, डोटी, आछाम र बाजुरा, लुम्बिनी प्रदेशका २ जिल्लाहरु बाँके र बर्दियाका साथै कर्णाली प्रदेशको १ जिल्लाः मुगु गरि जम्मा १२ वटा जिल्लामा सञ्चालन भएको थियो । दलित समुदायको राजनीतिक, सामाजिक(आर्थिक र सांस्कृतिक अधिकार सुनिश्चित गर्न योगदान पुरयाउने उद्देश्यले सन् १ जनवरी, २००५ देखि ३१ डिसेम्बर २०१३ सम्मका लागि यो परियोजना कार्यान्वयन गरिएको थियो ।

लक्ष्य : दलित समुदायको राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक अधिकार सुनिश्चित गर्न योगदान गर्ने 

अभियानका उद्देश्यहरुः

  • दलित समुदायको संवैधानिक हक अधिकार तर्फ मानवअधिकारको संरक्षण तथा संवद्र्धन गरी सामाजिक न्याय र मानव मर्यादा कायम गर्न संवैधानिक वैज्ञानिक आरक्षणका लागि दलितमंत्री संविधान निर्माणमा राष्ट्रव्यापी अभियान संचालन गर्नु
  • विभेदकारी सामाजिक परिपाटी र शोषणमुलक कु–प्रथाहरु अन्त्यको अभियान संचालन गर्नु
  • दलितअधिकार अभियानका लागि सशक्त पेशेवर दलित एक्टीभिष्ट मार्फत ज्ञान निर्माण गर्दै RDNनेपाललाई सशक्त राष्ट्रव्यापी जनसंगठनका रुपमा परिचालन गर्नु

मुख्य क्रियाकलापहरुः

  • जनमुखी शिक्षा र सामाजिक परिचालन मार्फत नमूना गाउँ अभियान
  • नमुना गाउँमा वैकल्पिक गाऊँ । नगरपरिषद्
  • स्थानीय, प्रदेशरराष्ट्रियस्तरमाराजनीतिकसंवाद
  • विद्यालय भर्ना अभियान
  • विद्यालयमा छात्रवृत्तिका लागि दबाब
  • राजनीतिमा दलित महिला विषयक निबन्ध प्रतियोगिता
  • छुवाछूत अपराध निगरानी केन्द्र मार्फत कानुनी सहयोग र परामर्श
  • Fact Finding
  • दिवस र उत्सव (मार्च २१, दलित अधिकार दिवस, जेठ २१, दलित अधिकार सप्ताह, मानव अधिकार दिवस, भूमि अधिकार दिवस)
  • दलित संसद
  • मिडिया साँझेदारी अभियान
  • सबै नमूना गाउँहरूमा वैकल्पिक जनगणना

  

परियोजना विवरण

  • परियोजनाको शीर्षक : दलित अधिकार अभियान
  • लक्षित समुह : दलित समुदाय
  • कार्यक्षेत्र : सुदूरपश्चिम प्रदेशका ९ जिल्लाहरुः कैलाली, कञ्चनपुर, दार्चुला, बैतडी, बझाङ, डडेल्धुरा, डोटी, आछाम र बाजुरा, लुम्बिनी प्रदेशका २ जिल्लाहरु बाँके र बर्दियाका साथै कर्णाली प्रदेशको १ जिल्लाः मुगु गरि जम्मा १२ वटा जिल्ला
  • साँझेदार संस्था : एक्सन एड इन्टरनेशनल नेपाल (AAIN)
  • स्विकृत बजेट : NPR 21,956,985
  • परियोजना अवधि : १ जनवरी, २००५ देखि ३१ डिसेम्बर २०१३
  • स्थिति: Completed

परियोजना कागजातहरू

परियोजना ग्यालेरी