छुवाछूत बिनाको अर्को नेपाल संभव छ, आउनुहोस् निर्माण गरौं
नेपाली

केन्द्रीय अध्यक्षको ज्यूको  सन्देश

बाधाश्रम प्रथा मुक्त राष्ट्र घोषणामा हाम्रो भूमिका 

राष्ट्रिय दलित नेटवर्क (RDN) नेपाल वि.संं.२०५७ भाद्र ६ गतेका दिन दलित समुदायका बहुआयामिक समस्याहरुको दीर्घकालिन समाधानका लागि जातीय छुवाछूत र भेदभाव विनाको अर्को नेपाल संभव छ, आउनुहोस निर्माण गरौं भन्ने मूल नाराकासाथ स्थापना गरिएको थियो । RDN नेपालको स्थापनामा उठाएका कतिपय मुद्दाहरु स्थानीय हुँदै राष्ट्रिय अनि अन्तराष्ट्रियकरण भई सही ढंगले संबोधन भएका छन् । हलिया मुक्ति तथा पुनःस्थापना पश्चात उस्तै समस्याका रुपमा रहेको पूर्वी नेपालको हरवाचरवाको मुक्तिको आन्दोलनमा च्म्ल् नेपालको नेतृत्वदायी भूमिकाका कारण यही २०७९ श्रावण २ गते सम्माननीय प्रधानमन्त्रीज्यूले नेपाल सरकारका माननीय मन्त्रीहरू, माननीय साँसदहरु, मन्त्रालयका सचिवहरु, संवैधानिक आयोगका प्रमुख तथा प्रतिनीधिहरु, उच्च पदस्थ कर्मचारीहरुसहित हलिया, कमैया, कम्लरी तथा हरवाचरवा आन्दोलनका अगुवाहरुको उपस्थिति रहेको एक भव्य समारोहकाबीच अनुचित ऋणको खारेजीसहित हरवाचरवा मुक्तिको घोषणा गर्नु भएको छ । हरवाचरवाको मुक्तिको घोषणासँगै अब नेपालमा सामन्तवादका अवशेषका रुपमा रहेको प्रथाहरु औपचारिक रुपमा अन्त्य भएका छन र नेपाल बधुँवाप्रथा मुक्त राष्ट्र भएको छ । RDN नेपालले स्थापनाकालदेखि नै कमैया, कम्लरी, हलिया तथा हरवाचरवा प्रथाको अन्त्य गर्ने लक्षकासाथ आन्दोलनको निर्माण गरेको हुनाले च्म्ल् नेपालको २०२२ को २४औं स्थापना दिवसका सन्दर्भमा गौरव अनुभूति गर्दै देशैभरिका मुक्त कमैया, कम्लरी तथा हलिया विशेषगरी हरवाचरवा प्रथाको जीवन व्यथित गर्न बाध्य पारिएका सम्पूर्ण दाजुभाइ तथा दिदिबहिनीहरुप्रति हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छौं । 

RDN नेपालको २४ औं स्थापाना दिवसका सन्दर्भमा सर्वप्रथम नेपाल सरकारलाई हरवाचरवा पुनःस्थापना तथा कमैया, कम्लरी तथा हलियाहरु जो अझै पुनःस्थापना हुन बाँकी छन् । उनीहरुको पुनःस्थापनाका लागि संविधानसभा सदस्य तथा नागरिक आन्दोलनका अगुवा श्याम श्रेष्ठको संयोजकत्वमा गठित मुक्त कमैया, कम्लरी, हलिया तथा हरवाचरवा सम्वन्धी वस्तुस्थितिको अध्ययन प्रतिवेदन २०७९ को अक्षरसः कार्यान्वन हुन अनिवार्य छ । साथै एक, कार्यान्वयन संरचनाको गठन गरी तत्काल मुक्त हरवाचरवाको तथ्याँक संकलन गर्ने काम सम्पन्न गरिनुपर्दछ । साथै, आफ्नो हकहितका लागि जसरी मुक्तिको आन्दोलनमा बन्धनको प्रवाह नगरी सक्रीयतापूर्वक त्याग गर्नुभयो । त्यसैगरी पुनःस्थापनाको आन्दोलनमा अझ सशक्त रुपमा एक भएर लाग्न मुक्त हरवाचरवा, हलिया तथा कमैया र कम्लरी आन्दोलनका अगुवाहरुलाई आव्हान गर्दछौं । यस आन्दोलनमा स्वदेश तथा विदेशबाट सहयोग गरिरहनु हुने न्यायप्रमी समुदायमा अझ फलदायीसाथ र सहयोगको लागि आव्हान गर्न चाहन्छौं । साथै पुनःस्थापनाका काममा निरन्तर निगरानी गर्न मानवअधिकार तथा सामाजिक न्यायका पक्षधर सम्पूर्ण राजनीतिक दल, स्थानीय जनप्रतिनीधिहरु, नागरिक समाज, प्राध्यापक, शिक्षक, वकिल तथा संचारकर्मी मित्रहरुलाई आव्हान गर्न चाहन्छौं । नेपालमा विद्यमान बाधाँश्रम प्रणालीका विरुद्ध आन्दोलन निर्माणदेखि मुक्ति अनि पुनःस्थापनाको प्रक्रियासम्म भूमिका निर्वाह गर्ने सौभाग्य प्राप्त भएकोमा राष्ट्रिय दलित नेटवर्क (RDN)नेपाल गौरव गर्दछ साथै निरन्तर लागिरहने प्रतिबद्धता जाहेर गर्न चाहन्छ ।

                                      
गणेश बिश्वकर्मा                                                                                      
केन्द्रीय अध्यक्ष