समानता
संस्थाको परिचयः
राष्ट्रिय दलित नेटवर्क (RDN) नेपाल मुलुकमा दलितअधिकारका लागि चलेका विभिन्न आन्दोलनहरुको एकीकृत आन्दोलन, धेरै लक्ष्यहरुको एउटै लक्ष्य, धेरै योजनाहरुको एउटै योजना, धेरै नीति तथा कार्यक्रमहरुको एउटै नीति तथा कार्यक्रम, धेरै संगठनात्मक स्वरुपहरुको एउटै संगठन, धेरै अवधारणाहरुको साझा अवधारणा र साझा भावनाका साथ एकीकृत आन्दोलनका रुपमा स्थापित मानवअधिकारमुखी पद्धतिमा विश्वास राख्ने दलित एक्टिीभिष्टमा आधारित जनसंगठन हो । नेपाली दलित समुदायका राजनीतिक, आर्थिक र सामाजिक-सांस्कृतिक समस्याहरुको एकीकृत रुपमा समाधान गर्न सृजनात्मक दवाव दिने उद्देश्यले वि.स. २०५...