मुक्त हरवाचरवा, हलिया, कमैया र कमलरीको न्यायिक पुनःस्र्थापनाका लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र


मुक्त हरवाचरवा, हलिया, कमैया र कमलरीको न्यायिक पुनःस्र्थापनाका लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौं, वैशाख ३० गते । मुक्त कमैया, कमलहरी तथा हलिया, हरवाचरवाले सरकारसँग पुनः स्थापनाको माग गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ती समुदायका प्रतिनिधिले सिंहदरबारमा ज्ञापनपत्र बुझाउँदै सो माग गरेका हुन् । 

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले पुनः स्थापना हुन बाँकी रहेका मुक्त कमैया, कमलहरी, हलिया र हरवाचरवाको समस्याबारे आफू जानकार रहेको र पुनः स्थापनाको पहलकदमी लिइने आश्वासन दिनुभयो । 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठ चौधरीको समेत उपस्थितिमा सो समुदायका प्रतिनिधिले ज्ञापनपत्र बुझाएका हुन् । भूमि व्यवस्था मन्त्रालयले तयार गरेको कमैया पुनः स्थापना कार्यविधि २०७९ पारित गरी हरवाचरवाको लगत सङ्कलन र छुट मुक्त कमैया, हलियाको यथाशीघ्र लगत लिई पुनः स्थापना गर्न आवश्यक बजेट विनियोजनको माग उनीहरूले गरेका हुन ।  

नागरिक अगुवा श्याम श्रेष्ठले सरकारले तत्काल बाधा मजदुरको समस्या समाधान गर्न पहल गर्न अनुरोध गर्नुभयो । ज्ञापनपत्र बुझाउने क्रममा मुक्त कमैयाका प्रतिनिधि, कमलहरी, हलिया र हरवाचरवा अगुवाहरूको सहभागिता रहेको थियो ।

त्यस्तै सासद हरि चौधरी, पूर्व सांसद हरि श्रीपाइली, आरडिएनका अध्यक्ष गणेश विके, अधिवक्ता बालाराम भट्टराई, ईश्वर सुनारसहित मुक्त कमैया, हलिया, हरवाचरवाहरुको क्षेत्रका कार्यरत सङ्घ संस्थाका प्रतिनिधिहरूको सहभागिता थियो ।