Provincial level interaction Program against Caste Based Discrimination and untouchability

महेश सिंह सिरहा लहान २२ जेष्ठ – सिरहाको गोलबजारमा मधेस प्रदेश स्तरीय छुवाछूत मुक्त राष्ट्रिय घोषणाको १७ बर्ष पुरा भएको उपलक्ष्यमा प्रदेश स्तरीय अन्तरक्रिया भब्य रूपमा सम्पन्न गरेका छन्।संयुक्त दलित मोर्चा सिरहाले आयोजना गरेको कार्यक्रममा मुक्ति नेपाल सिरहा,राष्ट्रिय दलित नेटवर्क नेपाल ,दलित बिकास मञ्चको सहकार्य रहेको थियोे।
नेपालमा कुनै न कुनै स्वरुपमा जातीय छुवाछूतको घटनाहरु घटी रहेका छन्।नेपालमा छुवाछूत राष्ट्रिय घोषणा भएको १७ बर्ष पुरा भएको छ। उपलक्ष्यमा सिरहाको गोलबजारमा मधेस प्रदेश स्थानीय छुवाछूत तथा कानुनको कार्यान्वयन विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ्।
अन्तरक्रिया कार्यक्रमको प्रमुख अतिथि पुर्व राज्य मन्त्री सुरेश मंण्डल प्रमुख अतिथि रहनु भएको थियो।कार्यक्रममा उल्लेखनीय दलित अगुवा नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो। दलित अधिकारकर्मी शिव कुमारी महराले कार्यक्रममा मन्तव्य राखदै वागत मन्तव्य मुक्ति नेपालका प्रतिनिधि विशेश्वर दासले राखेका थिए।
दलित समुदायले कुनै न कुनै स्वरूपमा जातीय भिभेदमा पर्दै आएका छौँ। दलितमाथी संघात्मक आक्रमण हुने गरेको दलित नेता बिसुन देव महराले बताए।पत्रकार मणि बिश्वकर्माका अनुसार न्याय प्रेमी दलित समुदायको जाति छुवाछूत र जातीय छुवाछूतको घटनाहरु उजागर भई रहेको छ।सामाजिक अपराध जस्तो घटनालाई पत्रपत्रीकाहरुमा उल्लेख हुने गरेको दलित अगुवा तथा बहुप्रतिभा शालीन नेता संजय कुमार महराले जनाए।