Press Release_Baitadi Case


Press Release_Baitadi Case

                                                                                                                                                                               मितिः २०८० असार १ गते

प्रेस बिज्ञप्ती

मिति २०८० जेष्ठ २१ गते बैतडी जिल्ला सदरमुकाममा जातीय छुवाछूत बिरुद्धको उन्मुलन दिवश मनाईरहेको सन्दर्भमा दशरथचन्द नगरपालिकाकी उपमेयर कौशिला चन्दले कार्यक्रम स्थलमै म ठकुरीकी छोरी हु, दलितको हातको पानी खादैन, यो मेरो आफनो ईच्छाको कुरा हो भनेर जातीय भेदभावजन्य ब्यवहार गरेको कुराप्रति हाम्रो गम्भीर ध्यानार्कषण भएको छ । दशरथचन्द नगरपालिकाका कार्यपालिका सदस्य प्रेम दयालले कार्यपालिका भित्र समेत जनप्रतिनिधीहरु बैठकमा पानी खादैनन भनी जातीय भेदभाव भईरहेको कुरा उठाउदा यसको प्रतिवाद स्वरुप उपमेयर चन्दले त्यस्तो अभिब्यक्ति दिएको बताएका छन् । आजको २१ सौ शताब्दीमा बिज्ञान र प्रबिधीले मानव सभ्यता उच्चबिन्दुमा पुगेको सन्दर्भमा जनताबाटै अनुमोदन भएर गएका जनप्रतिनिधीहरुबाट नै यस्तो भेदभावजन्य घृणीत कार्य हुँदा संघीय लोकतान्त्रीक गणतन्त्रको उपहास गरेको आभास हुन्छ । उपमेयर आफैपनि न्यायिक समितिको संयोजक भई न्याय सम्पादन गर्ने गरिमामय ब्यक्तिबाट नै अन्याय हुन्छ भने आम दलित समुदायले न्याय माग्न कहाँ जाने ? 

नेपालको संविधान २०७२ को प्रस्तावनामा सबै प्रकारका जातीय तथा लैगिक भेदभावको अन्त्य गर्ने संकल्प गरेको छ भने धारा २४ मा जातीय छुवाछूत बिरुद्धको हकमा कसैले कसैलाई धर्म, परम्परा ,रितीरिवाज, वा आस्थाका आधारमा भेदभाव गर्न नपाउने ब्यबस्था गरेको छ । यदि त्यस्तो कार्य गरेमा दण्डनिय हुने कुरा उल्लेख गरिएको छ । जातीय छुवाछूत तथा बिभेद (सजाय र कसुर ऐन २०६८) ले जातीय छुवाछूत र भेदभावजन्य क्रियाकलापहरु निजी र सार्बजनिक स्थानमा कुनै पनि बहानामा गर्न निषेध गरेको छ र दण्डनिय सामाजिक अपराध करार गरिएको छ ।

दशरथचन्द नगरपालिकाका उपमेयरले गरेको बिभेदजन्य ब्यवहारप्रति हामी मानव अधिकारवादी दलित अधिकारका क्षेत्रमा काम गर्ने संघसंस्थाहरु कडा शब्दमा बिरोध र भत्सर्ना गर्दछौ । उक्त घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई नेपालको प्रचलित ऐन कानुन बमोजिम हदै सम्मको कानुनी कारवाही गर्न नेपाल सरकार, दशरचचन्द नगरपालिका, प्रहरी÷प्रशासन र न्यायिक निकायहरुसंग जोडदार माग गर्दछौ । साथै यो घटना लगायत न्यायपूर्ण समाज निर्माणमा योगदान गर्न सम्पुर्ण राजनितिक दल, नागरिक समाज, मानव अधिकारकर्मी, पत्रकार, बुद्धीजिबी, वकिल लगायत न्यायप्रेमी जनसमुदायमा ऐक्यबद्धताका लागि हार्दिक अपिल गर्दछौ । घटनाका दोषीलाई उन्मुक्ति दिने प्रयास कहि कतैबाट हुन्छ भने कडा आन्दोलन समेत गरिने ब्यहोरा यसै प्रेस बिज्ञप्ती मार्फत जानकारी गराउन चाहन्छौ । 

हस्ताक्षरकर्ताहरुः

१. चक्र बि.के. अध्यक्ष नेपाल राष्ट्रिय दलित समाज कल्याण कैलाली
२. हुकुम ब.सार्की, कार्यकारी निर्देशक, राष्ट्रिय दलित नेटवर्क, नेपाल
३. खडक बि.के. प्रदेश संयोजक दलित गैरसरकारी संस्था महासंघ
४. बिनोद सोव कार्यक्रम संयोजक, दलित महिला संघ कैलाली
५. देब बहादुर बि.क. अध्यक्ष चेतना बिकास मञ्च कैलाली
६. मनोज जैगडी अध्यक्ष, नेपाल बौद्ध अम्बेडकर महासभा
७. मिलन परियार कार्यकारी अध्यक्ष, समता मिडीया सेन्टर