Press Release on the occasion of 114th International Women Day


मितिः २०८० फागुन २५ गते

सन्दर्भः ११४ औ अन्तराष्ट्रिय नारी दिवश

प्रेश बिज्ञप्ती

राष्ट्रिय दलित नेटवर्क (RDN)नेपाल बि.स.२०५७ भाद्र ०६ गतेका दिन दलित समुदायका बहुआयामिक समस्याहरुको तत्कालिन तथा दीर्घकालिन समाधानका लागि जातीय छुवाछूत र भेदभाव बिनाको अर्को नेपाल संभव छ, आउनुहोस निर्माण गरौ भन्ने लक्ष्यका साथ स्थापना गरिएको मुलुकमा दलित अधिकारका लागि चलेको बिभीन्न आन्दोलनहरु मध्य धेरै लक्ष्य भएको एउटै लक्ष्य, धेरै योजनाहरु भएको एउटै योजना, धेरै नीति तथा कार्यक्रम भएको एउटै नीति तथा कार्यक्रम, धेरै संगठनात्मक स्वरुपहरुको एउटै संगठन, धेरै अवधारणाहरुको एउटै अवधारणा र साझा भावनाका साथ नयाँ एकिकृत आन्दोलनका रुपमा स्थापित नेतृत्वदायी मानव अधिकारमुखी पद्धतीमा बिश्वास राख्ने दलित एक्टीभिष्टहरुको स्कुल हो । हाल राष्ट्रिय दलित नेटवर्क (RDN) नेपाल कसैलाई पछाडी नछाड भन्ने संकल्पका साथ दीगो बिकास लक्ष्य २०३० मा लक्ष्यहरुसंग दलित समस्याहरुको एकिकृत समाधान हुनुपर्दछ भन्ने मान्यताका साथ दलित अधिकार दशकका कार्यान्वयनका लागि अभियानमा संग्लन रहेको ब्यहोरा सगौरव जानकारी गराउन चाहन्छौ । 

“Invest in Women: Accelerate Progress" भन्ने अन्तराष्ट्रिय नारा तथा “महिलामा लगानीः सभ्य र समुन्नत समाजको थालनी” भन्ने राष्ट्रिय नाराका साथ मनाईदै गरेको ११४ औ अन्तराष्ट्रिय नारी दिवश को अवसरमा स्वदेश तथा बिदेशमा रहनु हुने सम्पुर्ण नेपाली नारीहरुमा सुख, शान्ति र सम्बृद्धीको हार्दिक शुभकामना ब्यक्त गर्दछौ । 

्नेपालको संबिधानले समेत मौलिक हकको धारा ३८ मा महिलामाथी हुने अत्याचार, शोषण, दमन र हिंसा जस्ता लैंगिक बिभेद र अमानवीय ब्यवहारहरु अन्त्य गरि पुरुष र नारी बिच समानताको प्रत्याभुती गर्न महिलाको हक सुनिश्चित गरेको छ । त्यस्तै नेपालको कानुनले महिलालाई ३३ प्रतिसत आरक्षणको ब्यवस्था पनि गरेको छ । संयुक्त राष्ट्र संघले आगामी सन २०३० सम्म हासिल गर्ने गरि निर्धारण गरेको दिगो बिकास लक्ष्य (Sustainable Development Goal-SDG) हरुः लैंगिक समानता कायम गर्ने, असमानता हटाउने, शान्ति कायम गर्ने र न्यायमा पहुँच पुरयाउने जस्ता बिषयमा आम महिलाको हित संरक्षणमा कायम छन ।यस अवसरमा महिलाहरुको राजनितिक, आर्थिक र सामाजिक सशक्तिकरण मार्फत संघीयता र समावेशी बिकासलाई प्रबद्र्धन गर्नका लागि नेपाल सरकार, राजनितिक दलहरु, सामाजिक रुपान्तरणको अभियानका साँझेदारहरु, आबद्ध महासंघ, नेटवर्क तथा एलायन्सहरु, मानव अधिकार तथा नागरिक संगठनका अगुवाहरु, दलित राजनितिक संगठनहरु, दलित एक्टीभिष्टहरु, RDNनेपालका सबै तहका साथीहरु र आम दलित समुदायलाई आव्हान गर्न चाहन्छौ ।

...................

पार्वती आग्री

महासचिव
राष्ट्रिय दलित नेटवर्क (RDN) नेपाल
सम्पर्क नम्बरः ९८४८४३००८५