Press Release on the Occasion of First Harawa-Charawa Liberation Day


Press Release on the Occasion of First Harawa-Charawa  Liberation Day

प्रेश बिज्ञप्ती

नेपालको संविधानको धारा २९ शोषणविरुद्धको हक अन्तरगत उपधारा (३) मा कसैलाई पनि बेचविखन गर्न, दास वा बाँधा बनाउन पाइैन् छैन र उपधारा (४) मा कसैलाई पनि निजको इच्छा विरुद्ध काममा लगाउन पाईने छैन भने धारा ४० को उपधारा (५) र (६) मा दलितहरुलाई एक पटक जमिन र आवास उपलब्ध गराउने मौलिक हकको व्यवस्था गरेको छ । नेपालको संबैधानिक र कानुनी प्रावधान अनुसार मिति २०७९ श्रावण २ गते सम्माननीय प्रधानमन्त्रीज्यूले नेपाल सरकारका माननीय मन्त्रीहरू, माननीय साँसदहरु, मन्त्रालयका सचिवहरु, संवैधानिक आयोगका प्रमुख तथा प्रतिनीधिहरु, उच्च पदस्थ कर्मचारीहरुसहित हलिया, कमैया, कम्लरी तथा हरवाचरवा आन्दोलनका अगुवाहरुको उपस्थिति रहेको एक भव्य समारोहकाबीच अनुचित ऋणको खारेजीसहित पूर्वी तराईका बारा देखि सुनसरी सम्मका ९ जिल्लाहरुमा रहेका करिव १ लाख भन्दा बढी हरवाचरवाहरुको मुक्तिको घोषणा गर्नु भएको थियो । हरवाचरवाको मुक्तिको घोषणासँगै नेपालमा सामन्तवादका अवशेषका रुपमा रहेको प्रथाहरु औपचारिक रुपमा अन्त्य भएका थियो भने नेपाल बधुँवाप्रथा मुक्त राष्ट्र भएको थियो । 

मुक्तिको घोषणा भएको १ बर्ष वितिसक्दा समेत नेपाल सरकारले पुनःस्थापनाको कुनै कार्य अघि बढाएको छैन । घोषणासंगै नेपाल सरकारले प्रतिबद्धता जाहेर गरेको लगत संकलन, सत्यापन, परिचय पत्र वितरण, पुनःस्थापना, सामाजिक विभेदको अन्त्य, मर्यादित जीवन, सामाजिक सशक्तिकरण, समावेशीकरण, शिक्षा, स्वास्थ्य, रोजगारी तथा सामाजिक सुरक्षाका मुद्दाहरु अहिलेसम्म शुरु हुन सकको छैन ।  च्म्ल् नेपालले स्थापनाकालदेखि नै कमैया, कम्लरी, हलिया तथा हरवाचरवा प्रथाको अन्त्य गर्ने लक्षकासाथ आन्दोलनको निर्माण गरेको कुरालाई आत्मसात गर्दै प्रथम हरवाचरवा मुक्ति दिवसका सन्दर्भमा गौरव अनुभूति गर्दै सम्पुर्ण मुक्त हरवाचरवा दाजुभाइ तथा दिदिबहिनीहरुप्रति हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छौं । 

सर्वप्रथम नेपाल सरकारलाई मुक्त हरवाचरवा पुनःस्थापनाका लागि संविधानसभा सदस्य तथा नागरिक आन्दोलनका अगुवा श्याम श्रेष्ठको संयोजकत्वमा गठित मुक्त कमैया, कम्लरी, हलिया तथा हरवाचरवा सम्वन्धी वस्तुस्थितिको अध्ययन प्रतिवेदन २०७९ को अक्षरसः कार्यान्वन गर्नका लागि जोडदार माग गर्दछौ । साथै आफ्नो हकहितका लागि जसरी मुक्तिको आन्दोलनमा बन्धनको प्रवाह नगरी सक्रीयतापूर्वक त्याग गर्नुभयो त्यसैगरी पुनःस्थापनाको आन्दोलनमा अझ सशक्त रुपमा एक भएर लाग्न मुक्त हरवाचरवा, ्आन्दोलनका अगुवाहरुलाई आव्हान गर्दछौं । यस आन्दोलनमा स्वदेश तथा विदेशबाट सहयोग गरिरहनु हुने न्यायप्रमी समुदायमा अझ फलदायीसाथ र सहयोगको लागि आव्हान गर्न चाहन्छौं । साथै पुनःस्थापनाका काममा निरन्तर निगरानी गर्न मानवअधिकार तथा सामाजिक न्यायका पक्षधर सम्पूर्ण राजनीतिक दल, स्थानीय जनप्रतिनीधिहरु, नागरिक समाज, प्राध्यापक, शिक्षक, वकिल तथा संचारकर्मी मित्रहरुलाई हार्दिक अपिल गर्न चाहन्छौं । नेपालमा विद्यमान बाधाँश्रम प्रणालीका विरुद्ध आन्दोलन निर्माणदेखि मुक्तिसम्म भूमिका निर्वाह गर्ने सौभाग्य प्राप्त भएकोमा राष्ट्रिय दलित नेटवर्क (च्म्ल्) नेपाल गौरव गर्दछ साथै निरन्तर लागिरहने प्रतिबद्धता समेत जाहेर गर्न चाहन्छ । 

                                                                              
गणेश बिश्वकर्मा
केन्द्रीय अध्यक्ष 
मिति ः २०८० श्रावण ०२ गते