सुरक्षित आवाश निर्माणबाट पलाएको आत्मसम्मान र आत्मनिर्भरको सपना


सुरक्षित आवाश निर्माणबाट पलाएको आत्मसम्मान र आत्मनिर्भरको सपना

लम्कीचुहा नगरपालिका वडा नं.४ बस्ने मीनकोशा दमाई आफना परिवारका ३ जना सदस्यहरु सहित बिगत १ बर्षदेखि एउटा सानो झुपडीमा बस्दै आईरहेकी छिन । उनी अहिले उमेरले २१ बर्षकी छिन । उनले १८ बर्षको बाल्यकाल उमेरमै नरेन्द्र दमाईसंग प्रेम बिवाह गरेकी थिईन । अहिले उनीसंग ११ महिनाको छोरा छन ।उनीसंग ११ धुर जग्गा छ । यसभन्दा पहिला १ बर्ष अगाडी उनी आफनो साशुआमासंग बस्ने गर्थिन । उनी दाउरा बेचेर र ज्वाला मजदुरी गरेर आफनो जीवीका निर्वाह गरिरहेकी छन । उनको पारिवारीक अवस्था दयनिय छ । उनी भन्छीन, “ज्याला मजदुरी गरेको दिन खाना पाईन्छ नत्र भने भोकै बस्नुपर्ने अवस्था आउछ ।”उनको सानो झुपडी घर नदीको किनारामा छ । उनको जोखीमपुर्ण अवस्था देखेर लम्कीचुहा नगरपालिका वडा नं. ४ को कार्यालयले सुरक्षित आवाश निर्माणका लागि उनको परिवारलाई छनोट गरयो । वडा कार्यालयको सिफारिशका आधारमा अहिले हयाबिटयाट फर हुमानिटी नेपालको सहयोगमा राष्ट्रिय दलित नेटवर्क, नेपालले सुरक्षित आवाश परियोजना अन्तरगत उनको घर निर्माणका लागि सहयोग गरिरहेको छ । 

उनको घरको निर्माण कार्य भर्खर शुरु हुदैछ । उनले भनिन, “बर्षा लाग्न थाल्यो । मेरो यो सानो झुपडी चुहिने डर छ । साथै सर्प र किराको पनि त्यत्तिकै डर लागेको छ । त्यसैले मेरो घर छिटो भन्दा छिटो निर्माण गर्नका लागि अनुरोध गर्दछु ।” उनी फेरी भन्छिन, “सुरक्षित आवाश निर्माणबाट मलाई मेरो भविष्यका बारेमा आशा पलाएर आएको छ । पहिला शासु आमाको घरमा बस्दा उहाँले मलाई यहाँबाट भागेर जाऊँ भनेर अपहेलना समेत गर्नु हुन्थ्यो । मेरो घर बन्न थालेको देखेर गाऊँघरका मानिसबाट मैले अहिले आत्म सम्मान पाउन थालेकी छु ।” घर निर्माण पछि आफु बाख्रा पालन गरी आफु आत्मनिर्भर बन्ने योजनामा रहेको उनले बताईन । उनको घरमा पानीको नल्का पनि छैन । अहिले उनी नजिककै छिमेकीको नल्काबाट पानि ल्याउने गर्छिन । छिमेकीले मन लागे पानि भर्न दिन्छन नत्र दिदैनन उनले भनीन । अन्तमा उनले लम्कीचुहा नगरपालिका, राष्ट्रिय दलित नेटवर्क, नेपाल र हयाबिट्रयाट फर हुमानिटी नेपालप्रति आभार प्रकट गरिन । 

साभारः मिति २०८१ असार ०६ गतेका दिन राष्ट्रिय दलित नेटवर्कद्धारा फिल्ड अनुगमनका क्रममा संकलन गरिएको