स्थानिय हरवाचरवा अधिकार मञ्चले सरकारलाई ७ बुदे माग बुझायो


स्थानिय हरवाचरवा अधिकार मञ्चले सरकारलाई ७ बुदे माग बुझायो

पर्साका पकहामैनपुर गाउँपालिका , बाराका करैयामाइ गाउँपालिका , रौतहटका चन्द्रनिगाहपुर नगरपालिका , सर्लाहीका चन्द्रपुर , महोत्तरीका भडहा गाउँपालिका , धनुषाका सहिदनगर नगरपालिका , सिरहाको लहान र सप्तरीको कंचनरुपमा ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्रमा संघ र प्रदेश सरकार संगको समन्वयमा स्थानिय सरकारद्वारा मुक्त हरवाचारवाको वास्तविक तथ्यांक संकल्न गरी उनिहरुलाई बर्गीकृत परिचय पत्र प्रदान गर्न, मुक्त हरवाचारवाको शिक्षा, स्वास्थ्य र रोजगारीको अधिकार सुनिश्चित गर्न र लैगिंक भेदभाव बिना सबैलाई समान र उचित ज्याला सुनिश्चित गर्न, मुक्त घोषित मुक्त हरवाचारवाको सम्मपुर्ण शान्ति सुरक्षाको ब्यवस्था गर्न माग गरिएको छ ।

यसैगरी दिगो पुर्नस्थापना योजना जारी कार्यान्वयन गर्न र मुक्त हरवाचारवाको भुमी, खाना र आश्रयको अधिकार सुनिश्चित गर्नुका साथै महिला र बालबालिकाको अधिकारलाई प्रर्याप्त रुपमा सम्बोद्धन गर्न, सरकारका सबै नितीगत, निर्णय गर्ने तहहरुमा मुक्त हरवचारवाहरुको सामुनिपातीक र अर्थपुर्ण आवाज र प्रतिनिधीत्व सुनिश्चित गर्न, आगामी आर्थिक बर्षको निती, कार्यक्रम र बजेटमा हरवाचारवाको पक्षमा निती, कार्यक्रम र बजेट बिनियोजन गर्न लगायतकाे माग गरेकाे हरवा चरवा अधिकार मंच पर्साका अध्यक्ष अमरदेव पासवानले बताउनु भयो।