नेतृत्व तहमा महाबिर माझी


नेतृत्व तहमा महाबिर माझी 

करैयामाई गाउ पालिका वडा नं ६ बस्ने बर्ष ७१ को महाबिर माझी आज जिल्ला हरुवा चरुवा अधिकार मंच को अध्यक्ष भई निर्णयाक तह अर्थात नेतृत्व तहमा पुगि हरवा चरवा दलित हक अधिकारको पक्षमा वकालत गर्न सक्ने सक्षम दलित तथा हरवाचरवाको नेताको रुपमा  आफ्नो पहिचान बनाउन सफल भएकाछन् । माहाबिर माझीको परिवार एक गरिब परिवार हो । एक छोरी दुइ छोराको रहेका माझीले अरुको काम गरी परिवार चलाउने गर्दछ । 

कक्षा ८ सम्मको शिक्षा हासिल गरेकि माझीको बालयकाल धेरै कष्टकर बित्यो । वहा ५ वर्षको हुदा बुवाको मृत्यू भयो । वहाको आमाले जमिदार हरुको ढिकी जाते गरि परिवाको जीविका चललाउने गर्दथिन । म्याटिक पास भइ राम्रो गर्ने माझीको सपना बुवाको मृत्यु पछि चकनचुर भयो । आफनो परिवारको पालन पोषण गर्न ९ वर्षको उमेरमा सिहोर्वा का शिवशंकर चौधरीको गाइै भैसी चराउन चरुवा भएर ४ वर्ष काम गरे । त्यसपछि सोही गाउको जोखा चौधरीका हरवा भएर हलो जोत्नेकाम ३ वर्ष सम्म गरे । त्यसबाट परिवारका पालन पोषण हुन नसकेपछि पालकी ( डोली) बोक्ने काम पनि माझीले गरे ।

सिर्होा टोल एक गरिब र दलित मुसहर बस्ती हो । यो बस्तीमा मुसहर जातिको संख्या धेरै छन् । त्याहाँ मुसहर जातिलाई एकदमै तल्लो दर्जा दिई पाल्की बोक्ने कामम लगाउने, अछोप भन्नेर अपहेलना गर्ने जस्ता कुस्ंसकार थियो । यो सबै देखेर माझीलाई साह्रै चीत दुख्थ्यो ।  माहाबिर माझी दलित मुक्ति समाजको सदस्य हुदै जिल्ला उपाअध्यक्ष भएर आफनो जातिको मुक्तिको अवाज उठाउदै आइरेको अवस्थामा जब राष्ट्रिय दलित नेटवर्क नेपालको तर्फबाट अधिकारमूखि अवधारणाद्वारा हरवा चरवा सशक्तिकरण कार्यक्रम आयोजना भयो । त्याहाँबाट माहाबिर माझी पुर्ण रुपमा सहभागि भई आफनो पहलमा हरवाचरवालाई एकता बनाई जिल्ला हरवा चरवा अधिकार मंचको गठन गरि आफै स्वयंम अध्यक्ष भए  । दफ्रिडम फण्ड तथा  राष्ट्रिय दलित नेटवर्क नेपाल ले आयोजना गरेका बिभिन्न अधिकार मुखी कार्यक्रममा सहभागी हुन थाले । सिक्ने अवसर दियो त्यो मेरो लागि ठुलो उपलब्धी हो । जसबाट मेरो आत्मबल बढेको छ । म पिडितहरुको पक्षमा वकालत गर्ने एक सामाजिक दलित अगुवा कार्यकर्ताको रुपमा प्रस्तुत हुन्न चाहन्छु भन्छन् । माहाबिर माझिको एउटा उदेश्य थियो । यस समाज भित्र हुने गरेका भेदभाव र छुवाछुत बिरुद्ध संगठित भई आन्दोलन गरि अन्त्य गर्ने । तर आज माझी त्यो आफनो सोचलाई ढृढ संकलल्पको रुपमा अगाडी बढाइ रहेका छन्