RDN का केन्द्रीय अध्यक्षको आगामी इन्डोनेसिया भ्रमण


RDN का केन्द्रीय अध्यक्षको आगामी इन्डोनेसिया भ्रमण

आगामी १७ देखि १९ जुलाई, २०२३ सम्म इन्डोनेसियाको बालीमा एशिया क्षेत्रीय स्तरिय बेचबिखन विरुद्धको सम्मेलन तय गरिएकोमा हामीलाई खुसी लागेको छ । द फ्रिडम फण्डको मुख्यालय लण्डनले राष्ट्रिय दलित नेटवर्क (RDN) नेपालका केन्द्रीय अध्यक्ष श्री गणेश बिश्वकर्मा ज्यूलाई उक्त कार्यक्रममा प्यानललिस्टका रुपमा सहभागी हुनका लागि मनोनयन गरेको छ। यस महत्त्वपूर्ण कार्यक्रममा राष्ट्रिय हरवा–चरवा अधिकार मञ्चका महासचिव लगिन्द्र सदा, द फ्रिडम फण्डका तर्फबाट पौलिन र जियाम श्रेष्ठ ज्यू पनि सहभागि हुनुहुनेछ । प्यानल छलफलको बिषयबस्तु नेपालमा कृषि बधुवा मजदुरः हरवाचरवाको मुक्तिसंग सम्बन्धीत रहनेछ ।