नेतृत्व बिकास र आन्दोलन निर्माण सम्बन्धी तालिम सम्पन्न


नेतृत्व बिकास र आन्दोलन निर्माण सम्बन्धी तालिम सम्पन्न

२०७९ फागुन २८ गते, लहान सिराहाः बर्तमान परिवर्तित सन्दर्भमा नेपाल सरकारद्धारा हालैमात्र मुक्त घोषणा भएका हरवाचरवाहरुको न्यायिक पुनस्र्थापनाको सवालमा जनवकालत अभियान सञ्चालन गर्ने उद्देश्यले लहानको सिराहामा नेतृत्व बिकास र आन्दोलन निर्माण सम्बन्धी २ दिने तालिम भयो । 


तालिमको उदघाटन गर्दै  कार्यक्रमका प्रमुख अतिथी मधेश प्रदेशसभा सदस्य माननीय ललिता बिद्रोहीले मधेसप्रदेश सभाबाट पारित भएको दलित सशक्तिकरण ऐनको परिमार्जन गर्दै त्यसको प्रभावकारी कार्यान्वयनका लागि आफनो संग्लनता रहने कुरा बताउनु भयो । साथै उहाँले मुक्त हरवाचरवाहरुको न्यायिक पुनस्र्थापनाका लागि मधेस प्रदेश सरकार जवाफदेहि हुनुपर्ने कुरा बताउनुभयो ।

राष्ट्रिय दलित नेटवर्क नेपालका केन्द्रीय अध्यक्ष एवं मुक्त हलिया, कमैया, कमलरी र हरवाचरवा बस्तुस्थिती समितिका सदस्य गणेश बिश्वकर्माले मुक्त हरवाचरवाहरुको न्यायिक पुनस्र्थापनाका लागि स्थानिय, जिल्ला र राष्ट्रिय स्तरका हरवाचरवा संगठनहरुले सामुहिक रुपमा स्थानिय, प्रदेश र संघीय सरकारलाई दबाव श्रृजना गरिनुपर्ने कुरा औल्याउनुभयो । साथै उहाँले स्थानिय र प्रदेश सरकारको आगामी निति तथा कार्यक्रममा मुक्त हरवाचरवाको सवाल सवाल मात्र सम्बोधन गराउन सकेको खण्डमा यसले उनीहरुको सामाजिक र आर्थिक समस्याहरु समस्याहरु सामाधान गर्न सकिने कुरा बताउनुभयो ।
द फ्रिडम फण्डका जनवकालत सल्लाहकार बालाराम भट्टराईले मुक्त हरवाचरवाको आगामी अभियानलाई स्वतःस्फुर्त रुपमा अगाडी बढाउनका लागि मुक्त हरवाचरवाका संघ, संगठनहरु क्रियाशिल हुनुपर्ने कुरामा जोड दिनुभयो । साथै उहाँले आन्दोलनलाई सशक्त रुपमा अगाडी लैजानका लागि सबै मुक्त हरवाचरवाका अगुवाहरुले आ आफनो समाजबाटै मौनताको संस्कृतीलाई तोडनका लागि पछाडी नहटनका लागि आग्रह गर्नुभयो । 

तालिमको उदघाटन सत्रमा सामाजिक अभियान्ता अर्जुन थपलिया, द फ्रिडम फण्डका कार्यक्रम सल्लाहकार ब्रहमदेव राम लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । राष्ट्रिय हरवाचरवा अधिकार मञ्चका केन्द्रीय अध्यक्ष दशनलाल मण्डलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन राष्ट्रिय दलित नेटवर्क नेपालका जवकालत अधिकृत सञ्जय महराले गरेका थिए भने दलित नेटवर्कका कार्यकारी निर्देशक हुकुम ब. सार्कीले सहभागीहरुलाई स्वागत गर्दै कार्यक्रमको औचियत्तामाथी प्रकाश पारेका थिए । राष्ट्रिय हरवाचरवा अधिकार मञ्चसंगको सहकार्यमा राष्ट्रिय दलित नेटवर्क नेपालद्धारा आयोजित  मिति २०७९ फागुन २८ देखि २९ सम्म चल्ने उक्त तालिममा परिबर्तित सन्दर्भमा मधेस प्रदेशका १ लाख भन्दा बढी मुक्त हरवाचरवाको अवस्था बिश्लेषण, हरवाचरवा मुक्तिको घोषणा र कानुनी प्रावधान, जनवकलत र आन्दोलन निर्माण, मुक्त हरवाचरवाको बिस्थापनको समस्या समबन्धी छलफल भई आगामी ३ महिने जनवकालत योजना समेत निर्माण गरिएको थियो । तालिमको सहजीकरण राष्ट्रिय दलित नेटवर्क नेपालका केन्द्रीय अध्यक्ष गणेश बि।के।, अधिबक्ता बालाराम भट्टराई, द फ्रिडम फण्डका ब्रहमदेव राम र सामाजिक अभियान्ता अर्जुन थपलियाले गर्नुभयो । जिल्ला र केन्द्रीय हरवाचरवा अधिकार मञ्चका पदाधिकारीको लागि सञ्चालन गरिएको उक्त तालिममा मधेस प्रदेशका ८ वटै जिल्लाका ४० जना मुक्त हरवाचरवाहरुको सहभागिता रहेको थियो ।