राष्ट्रिय दलित नेटवर्क (RDN) नेपालका महासचिव ब्राजिल भ्रमणमा


राष्ट्रिय दलित नेटवर्क (RDN) नेपालका महासचिव ब्राजिल भ्रमणमा

राष्ट्रिय दलित नेटवर्क (RDN) नेपालका महासचिव पार्वती आग्री डेडीकेटेज ग्रान्ट मेकानिज्म (DGM)नेपाल टोली सदस्यका रुपमा सिकाई आदान प्रदान कार्यक्रमका लागि ब्राजिल भ्रमणमा जानु हुने भएको छ । उहाँ आगामी १७ जुन, २०२४ देखि २१ जुन, २०२४ सम्मको कार्यतालिका अनुसार ब्राजिल भ्रमणमा संग्लन हुनेहुनेछ । 

राष्ट्रिय दलित नेटवर्क, नेपाल बिगत २५ बर्षदेखि सामुदायिक परिचालन, क्षमता अभिवृद्धि र नीतिगत जनवकालत मार्फत दलित अधिकार, भूमि अधिकार र मानव अधिकारका क्षेत्रमा नेपालमा काम गर्दै आईरहेको छ । उहाँको ब्राजिल भ्रमणबाट प्राप्त नबिनतम सिकाईहरु नेपाली समाजको बदलिदो राजनीतिक, सामाजिक, आर्थिक र बातावरणिय परिवेशसंगै संस्थाको दिर्घकालिन रणनिति (२०२४-२०३०) र दलित अधिकार दशक (२०८१-२०९०) को प्रभावकारी कार्यान्वयनका लागि कोसेढुंगा सावित हुने अपेक्षा समेत गरिएको छ । 

RDN डेडिकेटेड ग्रान्ट मेकानिज्म (DGM) को संचालन समिति सदस्य हो जसले आदिवासी जनजाति र स्थानीय समुदायसँग वनमा समृद्धि (FFP), REDD+/ REDD+ (वन विनाश र वन क्षयबाट हुने उत्सर्जन घटाउने), आदि जलवायु परिवर्तन उन्मुख रहेको छ। कार्यक्रमका साथै जीविकोपार्जन, भूउपयोग, सुधार, वन व्यवस्थापनमा प्रचलित अभ्यासको अधिकार सुरक्षित गरी नेपालका मधेश र लुम्बिनी प्रान्तका वनमा निर्भर समुदायको आय वृद्धि गरी आफ्नो क्षेत्रमा व्यापक र प्रभावकारी दिगो वन व्यवस्थापनलाई प्रवर्द्धन गर्दछ।